थप ३ हजार २६० जनामा कोरोना संक्रमण, ३२ जनाको मृत्यु

डिसी नेपाल
२८ साउन २०७८ १७:२८
208
Shares

काठमाडौं । गत २४ घण्टामा नेपालमा १५ हजार ४६२ जनाको परीक्षण गर्दा ३ हजार २६० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा २ हजार २९४ जना निको भएर घर फर्केका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार ८०६ पीसीआर परीक्षण गर्दा २ हजार ४७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार ६५६ जनको परीक्षण गर्दा ७८७ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

गएको २४ घण्टामा ३२ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार बिहिबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार २१२ पुगेको छ । हाल सक्रिय संक्रमित ३८ हजार १८० जना रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.