दीपिकाले विवाहमा लगाएको साडीको स्टक रित्तियो, चौतर्फी माग
एजेन्सी। दीपिका पादुकोण र रणवीर सिंहको विवाह र बेंगलुरुमा दिएको पार्टीलाई लिएर चौतर्फी तारिफ भइरहेको छ। विवाह र पार्टीमा सबैको ध्यान दीपिकको साडी र उनले लगाएको गहनाले आकर्षित गर्यो। दीपिकाले विवाहमा रातो रङको ह्याण्डलुम र पार्टीमा गोल्डेन रङको सिल्क ह्याण्डलुम साडी लगाएकी थिइन्।
दीपिकालागि बेंगलुरुको एक शोरुमबाट उनकी आमा उज्जवला पादुकोणले यो साडी किनेकी थिइन्। यो कुनै सामान्य शोरुम होइन, यो ६०० वर्ष पुरानो शोरुम हो। भारतकी पूर्व प्रधानमन्त्री इन्दिरा गान्धी यो शोरुमको नियमित ग्राहक थिइन्। इन्दिरा गान्धी पनि यँही बनेका ह्याण्डलुम साडी लगाउँथिइन्।
इन्दिरा गान्धी बाहेक यहाँ अमिर खानकी आमा जीनत हुसेन, श्रीमती किरण राव, नरगिस दत्त वैजयन्ती माला, कविता कृष्णमूर्ति, प्रियंका चोपडाकी आमा मधु चोपडा, रेखा, करिना कपुर सासु शमिला टैगोर, श्रीदेवीलगायतका कालकार पनि यही शोरुमको साडी लगाउँछन्।
बेंगलुरुस्थित यो चर्चित शोरुमको नाम ‘द हाउस अफ अंगदी’ हो। भारतीय संचारमाध्यमका अनुसार यो शोरुमले दीपिकाको विवाह र पार्टीकालागि विशेष प्रकारको साडीको डिजाइन तयार पारेको थियो। दीपिकाको यो ब्राइडल लुकबाट प्रभावित भएर उनको धेरै फ्यानले यस्तै साडी किन्न थालेका छन्। र उक्त शोरुममा सो साडीको स्कट समाप्त भएको भारतीय संचारमाध्यमले जनाएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment