सानिमा लाइफको आईपीओ बाँडफाँड, ५ लाख ४० हजारले पाए १० कित्ता

डिसी नेपाल
३० साउन २०७८ १२:२०
2.5k
Shares

काठमाडौं। सानिमा लाइफ इन्स्योरेन्सको आईपीयो बाँडाफाँड भएको छ। कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको प्राथमिक सेयर शनिबार बिहान बाँडफाँड भएको हो।

सानिमाको आइपीओमा २४ लाख १९ हजार ८ सय ४८ जनाको आवेदन दिएका थिए। त्यसमध्ये २३ लाख ८ हजार १ सय २२ योग्य आवेदन परेको कम्पनीले जनाएको छ। कम्पनीको आईपीओ धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले सेयर वितरण गरिएको छ।

योग्य आवेदकहरु मध्येबाट ५ लाख ४० हजार जनाले १० कित्ताको दरले सेयर पाएका छन्। त्यस अनुसार १७ लाख ६८ हजार १२२ जना आवेदकले कम्पनीको पाएनन् ।

कम्पनीले साउन २० गतेदेखि २४ गतेसम्म आईपीयो निष्काशनमा ल्याएको थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.