कान्समा लगाएको प्रसिद्ध ड्रेसका कारण लज्जित महसुस गर्छिन बेला हदीद, कस्तो थियो ड्रेस ?

डिसी नेपाल
३० साउन २०७८ १६:३४
5.7k
Shares

काठमाडौं। सबैं स्पटलाइटमा रहिरहने सुपरमोडलहरुलाई पनि कहिलेकाहीँ आफ्नो पहिरनका कारण ठूलो लज्जाबोध हुने गर्छ । सुपरमोडल बेला हदीदले पनि आफ्नो जीवनमा भएको यस्तै घटनाबारे खुलासा गरेकी छिन् । बेलाले २०१६ को कान्स फिल्म फेस्टिभलमा आफूले लगाएको रातो ड्रेसका कारण आफूलाई निकै लज्जाबोध भएको बताएकी छिन् ।

भोग म्यागजिनसँग कुरा गर्दै बेलाले यो गाउनले आफूलाई निकै कामुक देखाएको र यसका कारण आफू भित्रभित्रै डराएको बताएकी छिन् । बेलाले भनिन् ‘म आज पनि यो पलका कारण लज्जित महसुस गर्छु । भलै त्यो कपडा निकै सुन्दर थियो तर मलाई मेरो टाइपको महसुस भइरहेको थिएन ।’ त्यो कपडा निकै खुहला थियो र बेलाको शरीरको अधिकांश भाग देखिएको थियो । बेलाका अनुसार उनलाई त्यो कपडा लगाएर कार्यक्रममा सहभागी हुने क्रममा कुनै दुर्घटना नभएकोप्रति उनी आफैंलाई भाग्यमानी महसुस गर्छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.