कंगनाको पहिरनको चर्को आलोचना
काठमाडौं। बलिउड अभिनेत्री कंगना रनौतको तस्वीरको चर्को आलोचना भएको छ । फिल्म धाकडको सुटिङ पूरा भएपछि भएको पार्टीमा कंगनाले लगाएको पहिरनका कारण उनको आलोचना भएको हो । उनले तस्वीरमा निकै पारदर्शी कपडा लगाएकी छिन् जसका कारण उनले ट्रोलका सामना गर्नुपरेको छ ।
कंगनाले प्रायः अरुलाई पहिरनका बारेमा सुझाव सल्लाह दिइरहने गरेकोमा उनी आफैंले यस्तो पहिरन लगाएको भन्दै आलोचना भएको हो । सामाजिक संजालमा आलोचकहरुले विदेश जानासाथ कंगनाले संस्कृति बिर्सिएको आरोप लगाएका छन् । आलोचकहरुले कंगनाबाट आफूहरुले यस्तो अपेक्षा नगरेको बताएका छन् । कंगनाको आगामी फिल्म धाकडमा उनी एजेन्ट अग्नीको भूमिकामा देखिनेछिन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment