दुर्घटनामा एकको मृत्युु, १२ घाइते

डिसी नेपाल
३२ साउन २०७८ १८:४८
100
Shares

​धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बैरेनीमा गएराति (सोमबार) बस र ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

काठमाडौँतर्फ जाँदै गरेको बा३ख ४०१४ नम्बरको बस र भारतीय नम्बर प्लेटको ट्रक ठोक्किदा सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ की २७ वर्षीया रेनुका कुलुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए ।

कुलुङको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा बसका चालकसहित १२ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । नौ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा र तीन जनाको धादिङको गल्छीस्थित बुढीगण्डकी अस्पतालमा उपचार भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.