थप ३४ सय जनामा कोरोना पुष्टि, ४२ जनाको मृत्यु

डिसी नेपाल
२ भदौ २०७८ १६:३६

काठमाडौं । बुधबार नेपालमा ३ हजार ४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ११ हजार ८३९ पीसीआर र ४ हजार ९९९ एन्टीजेन परीक्षणमा क्रमशः २ हजार ६१३ र ७९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख १७ हजार ५३० पुगेको छ । जसमध्ये ६ लाख ८९ हजार १७३ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा २ हजार १०४ जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ४० हजार ३३८ रहेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा ४२ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण १० हजार ३९६ जनाको मृत्यु भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *