प्रदेश १ मा एमाले सरकार जोगाउन मुख्यमन्त्री राईले राजीनामा दिने, आचार्य नयाँ मुख्यमन्त्री

डिसी नेपाल
१० भदौ २०७८ ९:१०
996
Shares

काठमाडौं। नेकपा एमालेलाई एक बनाउन प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र अर्का  नेता भीम आचार्य एक ठाउँमा उभिने भएका छन्। उनीहरु एक ठाउँमा उभिएसँगै प्रदेश १ मा सरकार परिवर्तनको संकेत पनि देखिन थालेको छ।

वर्तमान मुख्यमन्त्री राईले नै भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्ने भएका छन्। बिहीबार नै नेकपा एमाले प्रदेश १ को संसदीय दलको बैठक बस्ने भएको छ। बैठकले आचार्यलाई संसदीय दलको नेता छान्ने नेकपा एमाले स्रोतले जानकारी दिएको छ।

एमालेका प्रदेश सांसदका अनुसार ११ बजे संसदीय दलको बैठक बसेर नेता फेरेपछि आजै मुख्यमन्त्रीको सपथ हुने सम्भावना छ। माधव नेपालका प्रदेश १ का विश्वासपात्र आचार्यलाई मुख्यमन्त्री बनाएपछि अधिकांश माधव पक्षीय सांसदहरु एमालेमै रहने र एमालेको सरकार पनि बच्ने भएकाले सरकार परिवर्तनको तयारी गरिएको हो।

९३ सदस्यीय प्रदेश १ को प्रदेशसभामा एमालेका ५१ सदस्य छन्। ४७ सदस्यले मुख्यमन्त्री बन्ने मत पुग्ने भएकोले सरकार जाेगाउन  मुख्यमन्त्री राई र नेता आचार्य एकै ठाउँमा उभिएका हुन्। अहिलेसम्म माधव नेपालकाे नेकपा एकीकृत समाजवादीमा ३ जना सांसद खुलेर गएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.