गायक सुरेश खड्काको ‘आँसुको मूल्य’ भिडियो

डिसी नेपाल
११ भदौ २०७८ १३:५७
8
Shares

काठमाडौं । गायक सुरेश खड्काको स्वरमा सजिएको ‘आँसुको मूल्य’ बोलको आधुनिक गीतको भिडियो सार्वजनिक गरिएको छ ।

गीतमा गायक खड्को स्वर मात्रै नभएर शब्द तथा कम्पोज पनि उनी स्वयंले गरेका छन् । ओमानमा कर्मथलो बनाएका गायक खड्काले गीतलाई आफूले न्याय दिने प्रयास गरेको बताए । ओमान र काठमाडौंमा छायांकन गरिएको उक्त गीतको भिडियोमा शीवानी अधिकारी र कमल सिंहलाई फिचर्ड गरिएको छ ।

भिडियोलाई ज्ञान चौलागाईँले छायांकन तथा सम्पादन गरेका छन् । भिडियोको निर्देशन भने सोनम पाख्रिनले गरेका छन् । भिडियो ‘सङ्ग्स नेपाल’को आधिकारिक युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.