१० हजार २९७ परीक्षण गर्दा १ हजार ३८८ जनामा कोरोना संक्रमण, २४ जनाको मृत्यु
काठमाडौं । गत २४ घण्टामा नेपालमा १० हजार २९७ जनाको परीक्षण गर्दा १ हजार ३८८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा २ हजार २६० जना निको भएर घर फर्केका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार २५९ पीसीआर परीक्षण गर्दा १ हजार २१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ३ हजार ३८ परीक्षण गर्दा १७४ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।
गएको २४ घण्टामा २४ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार आइतबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ७१४ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ७९६ जना रहेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment