सबैभन्दा छिटो करोड क्लवमा पुग्ने नेपाली गीत बन्यो विष्णु माझीको ‘चरी जेलैमा’

डिसी नेपाल
१५ भदौ २०७८ १०:३२
9.2k
Shares

काठमाडौं। विष्णु माझीको तीज गीत ‘चरी जेलैमा’ले नेपाली गीतसंगीत क्षेत्रमा नयाँ इतिहास बनाएको छ । यो गीतले नेपाली गीतमध्येमा सबैभन्दा छिटो युट्युबमा एक करोड भ्यु पार गरेको छ । अगष्ट १८ मा रिलिज भएको यो गीतले १३ दिनमा अगष्ट ३१ मा १ करोड अर्थात १० मिलियन भ्यु पार गरेको छ ।

यसअघि पल शाह र मलिका महत अभिनित टाढा भए पनि गीतले युट्युबमा सबैभन्दा छिटो करोड भ्युको रेकर्ड बनाएको थियो । यो गीतको भिडियो १५ दिनमा एक करोड भ्युज पार गरेको थियो। यसअघि पल र मलिका अभिनित फूलबुट्टे सारीले प्रकाश सपुतको गलबन्दीसँग करोड पुग्ने म्युजिक भिडियोसँग बराबरी गरेको थियो। दुबै गीतले १८ दिनमा करोड भ्युज पार गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *