नेकपा (एस) मा खुलेका बागमती प्रदेशका सामाजिक विकासमन्त्री खनालले दिए राजीनामा

डिसी नेपाल
१६ भदौ २०७८ ९:३२
384
Shares

मकवानपुर । बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्णशर्मा खनालले राजीनामा दिएका छन्।

एकीकृत समाजवादीका लागि हिजो सनाखत गरेका उनले बुधबार विहान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य समक्ष राजीनामा बुझाएका हुन्।

उनी एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत हुन्। शाक्य नेतृत्वको सरकारलाई काम गर्न सहज होस् भनेर आफूले पदबाट राजीनामा दिएको खनालले बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.