महाधिवेशनले रास्वपालाई थप सुदृढ र एकीकृत बनाउँछ: सञ्चारमन्त्री डा. तिमिल्सिना

डिसी नेपाल
११ असार २०८३ १३:०२

चितवन। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो महाधिवेशनले पार्टीलाई थप सुदृढ, जिम्मेवार र एकीकृत बनाउने विश्वास व्यक्त गरेका छन्।

पार्टीको ऐतिहासिक पहिलो महाधिवेशनमा आफ्नो मतदान प्रक्रिया सम्पन्न गरेपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले महाधिवेशन सम्पन्न भएसँगै पार्टी थप बलियो र जिम्मेवार ढङ्गले अगाडि बढ्ने दाबी गरे।

मन्त्री तिमिल्सिनाले रास्वपाभित्र कुनै पनि किसिमको गुट-उपगुट नरहेकाले सम्पूर्ण नेता तथा कार्यकर्ताहरू एकीकृत भएर अघि बढ्नुको विकल्प नभएको प्रष्ट पारे।

महाधिवेशन प्रतिनिधिहरूले विवेक प्रयोग गरेर दिने निर्णयलाई आत्मसात गर्दै पार्टीलाई अझ परिष्कृत र राम्रो बनाउनु सबैको साझा जिम्मेवारी भएको उनको भनाइ थियो। कुनै पनि राजनीतिक दलको जीवनमा महाधिवेशनको ठूलो र विशिष्ट अर्थ रहने चर्चा गर्दै उहाँले यसले आन्तरिक एकतालाई थप मजबुत बनाउने उल्लेख गरे।

देशका कुनाकुनाबाट आएका तल्लो तहका प्रतिनिधिहरूले रास्वपाको वास्तविक गति र भावनालाई आत्मसात गर्न सक्ने नेतृत्व चयनका लागि विवेकपूर्ण ढंगले मतदान गरिरहेको भन्दै उनले यसैलाई पार्टी जीवनको सुन्दर लोकतन्त्रका रूपमा चित्रण गरे।

मन्त्री डा. तिमिल्सिनाले महाधिवेशनमार्फत चयन हुने नयाँ नेतृत्वले मुलुकको सबैभन्दा ठूलो राजनीतिक दल रास्वपालाई आम नेपाली नागरिकको चाहना र अपेक्षा अनुरूप सबल रूपमा अगाडि बढाउने दृढ विश्वास समेत दिलाए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *