स्वास्थ्यकर्मीलाई सर्पदंश उपचारसम्बन्धी तालिम

डिसी नेपाल
१७ भदौ २०७८ ८:५३
80
Shares

नेपालगञ्ज । बाँकेकाे नेपालगञ्जमा चिकित्सक र स्वास्थ्यकर्मीलाई सर्पदंश उपचारसम्बन्धी तालिम दिइएकाे छ।

लुम्बिनी प्रदेश स्वास्थ्य तालिम केन्द्रकाे आयोजना तथा फेरमेडको सहयोगमा भेरी अस्पताल परिसरमा सञ्चालन गरिएको तालिममा २० जना सहभागी रहेको भेरी अस्पतालका एनेस्थेसिया विभागका डा. पारस पाण्डेले जानकारी दिए।

वर्षातमा तराईका जिल्लामा सर्पदंशका घटना हुने भएकाले उपचारमा सहज हाेस् भनेर तालिम प्रदान गरिएकाे उनले बताए। सर्पदंशबाट कसरी बच्ने, डसिहालेमा कसरी प्राथिमक उपचार गराउने र स्वास्थ्य स‌ंस्था पुर्‍याउने भनेर प्रशिक्षण दिइएकाे छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *