सुमन पुनको ‘हामी नेपाली हामी गोर्खाली’ सार्वजनिक [भिडियो]
काठमाडौं । नेपाल चलचित्र कलाकार संघ यूकेको प्रस्तुतिमा तयार भएको ‘हामी नेपाली हामी गोर्खाली’ गीतको भिडयो सार्वजनिक गरिएको छ । राष्ट्रिय भावनाले ओतप्रोत गीतको भिडियो हालै बेलायतमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो ।
सुरेश राज पाठक, मधुसुदन थापा मगर र ममता गुरुङको स्वर रहेको गीतको भिडियोमा बेलायतमा स्थापित कलाकारहरुको अभिनय देख्न सकिन्छ । कल्पना आङ्गबुहाङ्गको शब्द सिर्जना रहेको गीतमा अशोक कुमार राईले संगीत भरेका छन् । गीतको भिडियोमा रोमियन लिम्बु, ध्रुब दत्त, सिर्जना निलेङ्गखु, आस्था जोशी, दीपक मैथाने मगर, सन्तोष राई, परशुराम राई, कुमुद पन्त, प्रतिमा दुराज र इन्दु लिम्बुको कलात्मक अभिनय रहेको छ ।
दिलु थापाको कोरियोग्राफी रहेको भिडियोमा नवीन निरौलाको कलर, सञ्चारकर्मी कुशल श्रेष्ठको छायांकन र सम्पादन रहेको छ । मन इन्टरटेनमेन्टबाट बजारमा ल्याइएको भिडियोको निर्माण सुमन पुनले गरेका हुन् । भिडियोको निर्देशन भने सन्त कुमार राईले गरेका छन् ।







डिसी नेपाल








Facebook Comment