नेपालमा काेराेना : २४ घण्टामा एक हजार सात सय थपिए, २३ जनाकाे मृत्यु

डिसी नेपाल
१८ भदौ २०७८ १६:५१
216
Shares

काठमाडौं । गत २४ घण्टामा एक हजार सात सय ५६ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार पिसिआर परीक्षणबाट एक हजार तीन सय ५७ र एन्टिजेन परीक्षणबाट तीन सय ९९ जना कोरोनाको संक्रमित थपिएका हुन्।

मन्त्रालयका अनुसार दुई हजार दुई सय ७४ जना निको भएर घर फिर्ता भएका छन् भने २३ जनाले ज्यान गुमाएका छन्। गत २४ घण्टामा ज्यान गुमाएका २३ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ८ सय ९ जना पुगेको छ।

अहिलेसम्म निको भएर ७ लाख २३ हजार ४ सय ५६ जना घर फर्केका छन् भने जम्मा ७ लाख ६७ हजार २ सय ७१ जना पिसीआर र ८४ हजार ६ सय ९३ जना एन्टिजेन परीक्षणबाट संक्रमित फेला परेका छन्।

अझै पनि ३३ हजार छ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *