लागूऔषधसहित दुई भारतीय पक्राउ

डिसी नेपाल
१८ भदौ २०७८ १७:५६
116
Shares

सर्लाही । सर्लाही मलंगवास्थित नेपाल–भारत सीमानाकाबाट अवैध लागूऔषधसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।

शुक्रबार दिउँसो सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलको टोलीले अवैध लागूऔषध वीनरिक्ससहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतको सीतामणी जिल्ला थानारुनी सहिदपुर ग्रामचौक–२, बस्ने ३२ वर्षीय नेता शर्मा र सोही स्थानका ६३ वर्षीय सुरेन्द्र शर्मा रहेका छन्। प्रहरीले उनीहरूको साथबाट १०० एमएलको ९४ बोटल लागूऔषध वीनरिक्स बरामद् गरेको हो।

सशस्त्र प्रहरी १० नम्बर गण कविलासीका प्रमुख एसपी गंगाराम श्रेष्ठका अनुसार ग्यास सिलिन्डरमा प्वाल पारेर त्यसभित्र लुकाइछिपाई लागूऔषध बोकेर नेपाल आउँदै गर्दा उनीहरू पक्राउ परेका हुन्।

शंका लागेर उनीहरूले टाउँकोमा बोकेको ५/५ लिटर क्षेमताको ग्यास सिलिण्डर चेक जाँच गर्ने क्रममा सिलिण्डरबाट उक्त परिणाममा लागूऔषध बरामद भएको प्रहरीको भनाई छ । उनीहरूले ग्यास सिलिन्डरको पिधमा प्वाल पारेर सिलिण्डर भित्र राखेर लागूऔषध ओसार पसार गर्ने गरेको प्रहरीको आशंका छ।

उनीहरूमाथी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यलयमा बुझाइएको एसपी श्रेष्ठले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *