पर्यटकका लागि खुला भयो इलामको श्रीअन्तु
इलाम । कोरोनाको माहामारी तिब्र भएपछि बन्द गरिएको इलामको पर्यटकीय स्थल श्रीअन्तु खुला भएको छ। श्रीअन्तु बिहीबारदेखि पर्यटकका लागि खुला गरिएपछि पर्यटक आउन थालेकाे स्थानीय रुद्र घिमिरेले जानकारी दिए।
अहिले काेराेनाकाे जाेखिम कायमै रहेकाले अन्तुमा रहेका व्यवसायिक संघसंस्था, प्रहरी र स्थानीयले आचारसंहिता बनाएका छन्। होटल तथा होमस्टेलाई दैनिक निसंक्रमण गर्ने, अन्तुमा आउने पर्यटकलाई स्वास्थ्य मापदण्ड पालना गराउने, कुनै क्षेत्रमा कोरोनाको संक्रमण बढेमा सम्बन्धित क्षेत्र सिल गर्ने, होटल तथा होमस्टेमा थर्मल गन अनिवार्य गर्ने, मनोरञ्जनका लागि राति नौ बजेसम्म मात्रै बाजागाजा बजाउने उल्लेख छ।
नेपालमा कोरोनाको संक्रमण सुरु भएपछि अन्तुमा पर्यटक आवागमन ठप्प छ। गत वैशाख अघि केही समय अन्तु पर्यटकका लागि खुला गरिएको थियो। तर निषेधाज्ञा जारी भएपछि बन्द गरिएकाे थियाे।
अन्तुमा ३८ वटा होटल तथा कटेज सञ्चालनमा छन् । अन्तुमा ६४ घरमा होमस्टे सञ्चामा छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment