‘कमाण्डो’ अभिनेता विद्युत जामवालले गरे इंगेजमेन्ट

डिसी नेपाल
२० भदौ २०७८ ११:५८
2.7k
Shares

काठमाडौं। एक्सन अभिनेता विद्युत जामवाल र उनकी गर्लफ्रेण्ड नन्दिता महतानीले इंगेजमेन्ट गरेका छन् । यी दुईलाई हालै ताजमहलमा देखिएको थियो । फोटोमा नन्दिताको हातमा देखिएको औंठीले धेरैको ध्यान तानेको थियो । अहिले अभिनेत्री नेहा धुपियाले यी दुईको फोटो शेयर गर्दै दुवैलाई बधाइ दिएपछि उनीहरुको इंगेजमेन्टको पुष्टि भएको हो । उनले लेखेको ‘अहिलेसम्मको सबेभन्दा राम्रो खबर’ क्याप्सनले उनीहरुको इंगेजमेन्ट पुष्टि गरेको छ ।

विद्युत र नन्दिता शनिबार ताजमहल पुगेका थिए । विद्युत गर्लफ्रेण्ड नन्दितासँग सार्वजनिक रुपमा बाहिर देखिएको यो पहिलो पटक हो । यस क्रममा उनीहरुले ताजमहल अगाडि कैयौं तस्वीर लिएका छन् । यी तस्वीरहरु सामाजिक संजालमा भाइरल भइरहेका छन् । विद्युतले जनवरीमा फेशन डिजाइनर नन्दिता महतानीको साथमा फोटो शेयर गरेर डेटिङको पुष्टि गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.