पशुपतिनाथ मन्दिर असोज १ देखि खुल्ने, स्वास्थ्य मापदण्डको पालना अनिवार्य

डिसी नेपाल
२० भदौ २०७८ १९:४८
4
Shares

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले केही दिनभित्रमै विश्वभरका हिन्दूहरुको आराध्यदेव भगवान पशुपतिनाथको मन्दिर पूजाआजाका लागि खुल्ला गर्ने भएको छ ।

पशुपति क्षेत्र विकास कोषले स्वास्थ्य मापदण्ड पूरा गरी भक्तजनका लागि मन्दिर खोल्ने निर्णय गरेको हो । जुन साढे चार महिनापछि मन्दिर खुल्न लागेको हो । कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले असोज १ गतेदेखि मन्दिर खोल्न लागेको जानकारी दिए । उनले भने, ‘कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द गरिएको पशुपतिनाथ मन्दिर असोज १ गतेदेखि खोल्ने निर्णय गरेका छौँ ।’ मन्दिरमा हुँदै आएका विशेष पूजा पनि खुल्ला गरिने डा. थापाले जानकारी दिए ।

कोषमा आइतबार बसेको कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । पशुपतिनाथका साथै पशुपति क्षेत्रका गुह्येश्वरीलगायत मन्दिर पनि लामो समयदेखि बन्द अवस्थामा छन् । खुला गर्दा पनि भौतिक दूरीलगायतका स्वास्थ्य मापदण्ड भने अनिवार्य पालना गर्न लगाइने छ ।

कोरोना महामारी नेपालमा पनि देखिन थालेपछि विसं २०७६ चैतमा भक्तजनका लागि बन्द गरिएको पशुपतिनाथ मन्दिर दश महिनापछि २०७७ साल पुस १ गते खोलिएको थियो भने दोस्रो पटकको लकडाउनमा बन्द रहेको मन्दिर पाँच महिनापछि खोल्न लागिएको हो । लामो समय मन्दिर बन्द रहँदा पूजाआजामार्फत् संकलन हुने करोडौंको ९भेटी० रकम उठ्न सकेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.