गुरु भट्टराई राख्ने, निरञ्जन कुमार झा हटाउने !
काठमाडौं । नेपाल रेल्वे कम्पनी लिमिटेडअन्तर्गत कानुन विपरीत राखिएका १५१ कर्मचारी हटाइएका छन्।
रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक गुरू भट्टराईले कानुन विपरीत ज्यालादारीमा राखेका कर्मचारीहरु हटाइएका हुन्। कम्पनीले ती कर्मचारीहरुलाई हाजिर नगर्न निर्देशन दिइसकेको छ। नेपाल रेलवे कम्पनी लिमिटेडका नवनियुक्त महाप्रबन्धक निरञ्जन कुमार झाले हटाएका हुन् । ती ज्यालादारीमा कार्यरत कर्मचारीहरुलाई महाप्रबन्धक झाले आफुखुशी हाजिर नहुन भन्दै एक सूचना प्रकाशित गरी हटाएका छन् ।
रेल सञ्चालनको टुङ्गो नलागेको अवस्थामा नियुक्त गरिएका विभिन्न पदका १ सय ५१ जना ज्यालादारी कर्मचारीलाई कानूनसम्मत नमिल्ने भनी झाले हटाएका हुन् । उनले ज्यालादारीका कर्मचारीलाई आफूखुशी हाजिरी नगर्न यदि हाजिर गरे आफै जिम्मेवार हुने चेतावनी सहितको सूचना जारी गरेका छन् ।
प्रबन्ध सञ्चालक झाले भने, ‘कामै नगरी ज्यालादारीका कर्मचारीले ज्याला पाउने कानूनी प्रावधान छैन् त्यसैले उनीहरूलाई हटाएको छु । अब रेल चल्ने निश्चित भएपछि लोक सेवाको अनुमति लिएर प्रतिष्पर्धाको आधारमा मात्र कर्मचारी भर्ना गरिने छ ।’

No ads found for this position

डिसी नेपाल
Facebook Comment