काठमाडौंका विभिन्न लाइन्स क्लवहरुद्धारा विद्यालयमा सहयोग
काठमाडौं। आइतबार काठमाडौंका विभिन्न लाइन्स क्लबहरुले संयुक्त रुपमा काभ्रेको पाँचखाल स्थित श्री राधाकृष्ण आधारभुत विद्यालयका विद्यार्थीहरुलाई पोशाक सहयोग गरेको छ ।

लायन्स क्लब अफ काठमाडौं यूनाईटेड ब्राईट,लायन्स क्लब अफ काठमाडौं ब्राईट फ्युचर ,लायन्स क्लब अफ काठमाडौं मिथिला सिटी र लायन्स क्लब अफ काठमाडौं ग्रेसिअस क्लबको संयुक्त अभियानले ९० जना विद्यार्थीहरुलाई सहयोग गरेको छ।

उक्त समारोहमा अभिभावकहरुलाई निशुल्क स्वास्थ्य जाँच र समेत गरिएको थियो। लियो क्लब अफ काठमाडौं यूनाईटेड ब्राईट र यम डि टु लियो काउन्सिल टेक्सासले अभिभावकको ब्लड प्रेसर,सुगर जाँच गरेको थियो भने,विद्यार्थीहरुलाई खेलकुदको सामाग्रीहरुपनि हस्तान्तरण गरेको छ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयकी प्रध्यानध्यापक गिता लुइँटेलले विद्यालयलाई यस्तै खाले सहयोगको आवश्यक रहेको भन्दै धन्यवाद दिएकी छिन्। र आगामी दिनहरुमापनि सहयोगको अपेक्षा रहेको बताएकी छिन्।

कार्यक्रममा बोल्दै लायन्स क्लबका डिस्ट्रिक चिफ लायन्स आर.एस महतो, डिस्ट्रिक काे चिफ लायन्स जगन्नाथ पुडासैनीले यस्तो खाले सहयोग सामुदायीक विद्यालयमा आवश्यक रहेको भन्दै आगामी दिनहरुमापनि थप सहयोग गर्दै जाने बताएका छन्।








डिसी नेपाल








Facebook Comment