अति गरिब विपन्न २०७ परिवारलाई खाद्य राहत सामग्री वितरण

डिसी नेपाल
२० भदौ २०७८ २२:३१
40
Shares

काठमाडौं।  कोभिड–१९ का कारण रोजगार गुमाएका व्यक्तीहरुलाई विभिन्न संघसंस्थाहरु द्धारा राहत सामग्री वितरण गरिएको छ ।

कञ्चपुरका अति गरिब विपन्न मुक्त हलिया र भूमिहीन २०७ परिवारलाई आज खाद्य राहत सामग्री वितरण गरिएको हो ।राष्ट्रिय हलिया मुक्ति सामाज, आईसीआरडी र डब्लूएचओको सहयोगमा खाद्य राहत सामग्री वितरण गरिएको हो । शुक्लाफाँटा, वेदकोट, भीमदत्त नगरपालिकाका अति विपन्न मुक्त हलिया र भूमिहीन परिवारलाई चामल, नुन, दाल, चिनी, मास्क र साबुनलगायत सामग्री वितरण गरिएको राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहारले बताए ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को सहयोगमा तीनवटै स्थानीय तहका ८५ परिवारलाई र मुक्ति हलिया समाज र आईसीआरडीको सहयोगमा १२२ परिवारलाई राहत सामग्री बस्तीमै पुगेर वितरण गरिएको अध्यक्ष लुहारले बताए ।

“भारतमा मजदुरी गरी जीविका चलाउँदै आएका विपन्न परिवार कोरोना महामारीको सङ्क्रमण बढेसँगै घर फर्केपछि रोजगारी नपाउँदा साँझ बिहानको छाक टार्न निकै मुस्किल थियो” लुहारले भन्नुभयो, “भोकभोकै मर्न थाल्यौँ, केही सहयोग गरिदिनु प¥यो भन्ने मागका आधारमा दातृ निकायसँग सहयोग जुटाई राहतको व्यवस्था गरेका छौँ ।”

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.