मन्त्रिपरिषद विस्तारमा ढिलाइः मन्त्रालय रित्तै, फुर्सदिला कर्मचारी

सम्भव सिंह ठकुरी
२१ भदौ २०७८ १७:१७
76
Shares

काठमाडौं । असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिपरिषदले ५६ दिन पुग्दा समेत पूर्णता नपाउदा सिंहदरबार सुनसान बनेको छ।

जनताको दैनिकीमा प्रत्यक्ष प्रभाव पार्ने मन्त्रालय मन्त्री बिहिन भएपछि कर्मचारीहरु दैनिक हाजिरी गर्दै घर फर्कन बाध्य भएका छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक उपसचिवका अनुसार,मन्त्री बिहिन मन्त्रालय भएपछि कर्मचारी समेत अलमलमा परेका छन्। ‘दुईमहिना भन्दा धरै समय बितिसक्दापनि मन्त्रीज्यू हुनुहुन्न सेवाग्राहीको कामपनि प्रभावित भएको छ ।हामी कर्मचारीपनि के गर्ने के नगर्ने अन्यौलमा छौँ।’उनले भने ।
‘कर्मचारीले काम त अगाडि बढाउन सकेन सकेन तर सरुवा र बढुवा भएको प्रक्रियाहरुपनि अन्यौलमा परेको छ।’एक प्रशासकीय अधिकृतले बताए ।

मन्त्री बिहिन मन्त्रालय अहिले जताततै सुनसान देखिन्छ । केही कर्मचारी गफ गर्दै त केही नजिकैको चमेना गृहमा चिया खाँदै दैनिकि बितिरहेको छ। कोरोना भाइरसका कारण शैक्षिक क्षेत्र नै अस्तव्यस्त बनेको अर्को जिम्मेवार मन्त्रलय शिक्षा मन्त्रालयको अवस्थापनि सुनसान छ।

कोरोनाको कारण धेरै विद्यार्थी आफ्नो भविश्य र पढाईको कारण मासिक तनाबको शिकार हुन थालेका छन्। तर शिक्षा मन्त्रालय जस्तो संवेदनशील मन्त्रालय जिम्मेवार बिहिन हुनपुग्दा सरकारको आगामी शिक्षा नीतिबारे कर्मचारी र विद्यार्थी अलमलमना परेका छन्। मन्त्रालयका एक कर्मचारीले हाँस्दै भने,‘अब मन्त्रीज्यू नै हुनुहुन्न हामीले आफ्नो दायरा भित्रको काम त गरेका छौँ तर मन्त्री बिनाको मन्त्रलयले कति काम गर्ला र ? २२ गते मन्त्रीको टुङ्गो लाग्छ भन्ने कुरो मिडियाबाट नै सुनेको हो।’

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *