‘नेपालमा नयाँ युगको सुरुवात’ : प्रचारकै लागि ८ करोड खर्च ?
काठमाडौं । सरकारले श्रमिकका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना मंगलबार घोषणा गरेको छ। सरकारको यो घोषणा पछि श्रमीकहरुले खुशयाली मनाएका छन्।
औपचारिक क्षेत्रमा आवद्ध श्रमिकलाई समाजिक सुरक्षा प्रदान गर्ने ग्यारेन्टी प्रदान गर्ने यस योजनाको मंलगवार प्रधानमन्त्री केपी शर्मा ओलीले भव्य समारोहका बीच योजना प्रारम्भ भएको घोषणा गरेका थिए।
रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत रकम कट्टी गरी सो रकममा श्रमिकको आधारभूत पारिश्रमिकको २० प्रतिशत रकम थप गरी कुल ३१ प्रतिशत रकम कोषमा जम्मा गर्नेछन्। यसले औपचारिक क्षेत्रमा आवद्ध श्रमिकलाई समाजिक सुरक्षा प्रदान गर्ने ग्यारेन्टी प्रदान गर्ने ठानिएको छ।
सरकारले ‘नयाँ युगको’ शूरुआत भएको भनेर यस योजनालाई प्रचारप्रसार व्यापक रुपमा गरेको बिषयप्रति भने धेरैले आलोचना गरेका छन्।
सरकारको एउटा घोषणाको लागि भनेर ८ करौडको विज्ञापन गरेको बिषयले सामाजिक सञ्जालमा चर्चा पाएको छ । एक जना प्रयोगकर्ताले ट्विट्रमा सरकारको प्रचारप्रसार जनतामा भ्रम छर्नको लागि भनेर भएकोप्रति आपत्ति जनाएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment