एकीकृत समाजवादीमा सनाखतको माग गर्दै सांसद् पाण्डे र भट्ट सर्वोच्चमा

डिसी नेपाल
२३ भदौ २०७८ २०:३३
420
Shares

काठमाडौं । नेकपा एमालेका दुई जना सांसदले नेकपा (एकीकृत समाजवादी) पार्टीमा आफू रहेको र सोही पार्टीमा सनाखत गर्न माग गर्दै आज रिट दर्ता गराएका छन् ।

पाल्पा क्षेत्र नं. २ बाट निर्वाचित सांसद सोमप्रसाद पाण्डे र कैलालीबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित शारदा भट्टले एकीकृत समाजवादी पार्टीमा सनाखतको माग गर्दै आज रिट दायर गरेका हुन् ।

उनीहरूले एमाले छाडेर आफूहरू एकीकृत समाजवादीमा गएकाले निर्वाचन आयोग, संसदीय संसद्, सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई विपक्षी बनाई रिट दायर गरेका हुन् ।
दुवैले आफूहरूले एमाले परित्याग गरेर नेकपा (एस) रोजे पनि आयोगले सनाखत नगराएको रिटमा उल्लेख गरेका छन् ।

सांसद पाण्डे र भट्टले एमालेको अभिलेखबाट आफूहरूलाई हटाउन र एकीकृत समाजवादीको अभिलेखमा राख्न अन्तरिम आदेश माग गरेका हुन् । पाण्डे एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका सम्धी हुन् ।

उनीहरूले गत ९ भदौमा एकीकृत समाजवादी दल दर्तामा रहेको प्रक्रियामा सनाखतका लागि आयोगमा उपस्थित हुँदा पनि सनाखत नगराएको रिटमा उल्लेख गरेका छन् । विधिवत् रूपमा सनाखतका लागि निवदेन दिएर आयोगमा उपस्थित हुँदा पनि आयोगले सनाखत नगरेको रिटमा भनिएको छ ।

रिटमा भनिएको छ, ‘हामी निवेदकलाई विधिवत सनाखत गराई एकीकृत समाजवादीको अभिलेखमा जनाउनुपर्नेमा विपक्षी आयोगले सो नगरी हालसम्म पनि हाम्रो नाम एमालेको अभिलेखमा जनाइरहेको रहेछ ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *