सत्ताधारीहरुको पोजिसन प्रष्ट नभएसम्म धारणा बनाउँदैनौंः ओली

डिसी नेपाल
२४ भदौ २०७८ १६:२२
144
Shares

काठमाडौं । आज (बिहीबार) बिहानै एमसिसी उपाध्यक्ष फतिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स नेपाल आइपुगेका छन् । एमसिसी कार्यान्वयन भएका देशमा कार्यान्वयनको अवस्था बुझ्न आएका यी दुई प्रतिनिधिहरु नेपालमा आइपुग्नुपूर्व नै यसको चर्को बहस संसददेखि सडकसम्म सुरु भएको छ ।

एमसिसीबारे धारणा बनाउन प्रमुख राजनीतिक दलहरुमध्ये कोही अलमलमै छन् भने कोही पर्ख र हेरको रणनीतिमा । परियोजनाको विरोध गर्दै त्रिभुवन विमानस्थलमा एमसिसी उपाध्यक्ष ओर्लिंदै गर्दा बाहिर ‘नो एमसिसी’ भन्दै प्रदर्शन भयो ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अमेरिकी अनुदान सम्झौता एमसीसीबारे तत्काल धारणा नबनाउने भएको छ । आफ्नो निवास बालकोटमा बिहीबार भेट्न आइपुगेकी एमसीसी अध्यक्ष फतिमा सुमारलाई अध्यक्ष ओलीले उक्त जवाफ दिएका हुन् । भेटमा एमसीसी उपाध्यक्षले अनुमोदनको प्रक्रिया बढाउनुपर्छ भन्ने अमेरिकी पोजिसन रहेको बताउँदै प्रक्रियामा सघाउन एमालेलाई आग्रह गरेकी थिइन् ।

सरकारबाट हटेपछि एमालेले एमसीसीबारे कुनै धारणा बनाएको छैन । सरकारमा रहँदा अनुमोदनका लागि दबाब दिएको एमाले सरकारबाट हटेपछि पनि अनिर्णित छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.