कैलाली र कञ्चनपुरमा आइतबार सार्वजनिक बिदा

डिसी नेपाल
२४ भदौ २०७८ १७:०६

काठमाडौं।सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा आउँदो आइतबार भदौ २७ गते सार्वजनिक बिदा दिने निर्णय गरिएकोछ । थारु समुदायको महत्वपूर्ण पर्व अट्वारीका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आइतबार तराईका दुई जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सुदूरपश्चिम प्रदेश सरकारको १९ वैशाख २०७८ मा बसेको बैठको निर्णय अनुसार थारु समुदायले भव्यताकासाथ मनाउने अट्वारी पर्वका अवसरमा कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्ण जोशीका अनुसार प्रदेश सरकारले थारु समुदायको मौलिक पर्व अट्वारीको लागि २७ भदौमा एक दिन बिदा दिने निर्णय गरिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *