गायक उदित नारायण झालाई ‘नेल्सन मण्डेला पिस नोवेल अवार्ड’

डिसी नेपाल
२४ भदौ २०७८ १८:३३
3.8k
Shares

काठमाडौं । गायक उदित नारायण झाले तीन ओटा सम्मान तथा अवार्ड पाएका छन्। उनले ‘नेल्सन मण्डेला पिस नोवेल अवार्ड’ ‘डक्ट्रेट एण्ड पोष्ट ह्यूमस’ र ‘ह्युमन एक्सलेन्स गोल्ड मेडल’ अवार्ड गरी तीन ओटा सम्मान तथा अवार्ड दिइएको छ।

अवार्ड पाएको फोटोहरु सेयर गर्दै झाले सम्मान र अवार्ड पाएको कुराबारे फेसबुकमार्फत जानकारी दिएका हुन्। गायक उदित नारायण झाले नेपाली थुप्रै गीतहरूमा स्वर दिएका छन्। साथै, उनी भारतमा निकै लोकप्रिय गायकको रुपमा परिचित छन्।

उनले नेपाली, हिन्दी, मैथिली, नेपाल भाषा, उर्दू, तमिल, तेलगु, मलयालम, कन्नड, उडिया, आसामी र सिन्धी भाषाहरूको चलचित्रमा पार्श्व गायकको रूपमा गीत गाएका छन्।

उनले हालसम्म करीब ३२ भाषाहरूमा २५,००० भन्दा बढी गीत गाएका छन, जसमा २६० चलचित्रहरू हिन्दी भाषाका छन। उनले पद्म श्री पुरस्कार पनि जितेका छन्।

उनले सन् २००१ मा प्रबल गोर्खा दक्षिण बाहु नेपालको तत्कालिन राजा श्री ५ बीरेन्द्र बिर बिक्रम शाह देवबाट प्राप्त गर्नुका साथै सन् २००९ मा भारतको उच्च सम्मान पदक पद्म श्री पुरस्कारबाट सम्मानित भएका थिए।

https://www.facebook.com/UditNarayanOfficial/posts/403929497768450


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *