भनसुन गरी प्रहरीमा नाम निकालिदिएको दाबी गर्ने एक जना पक्राउ

डिसी नेपाल
२६ भदौ २०७८ १२:४८
192
Shares

काठमाडौं । भनसुन गरेर प्रहरीमा जागिर लगाइदिएको दाबी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। गृहमन्त्री बालकृष्ण खाँणलार्य भनेर प्रहरीमा नाम निकाली दिएको दाबी गर्ने नेपाल विद्यार्थी संघमा आवद्ध उनलाई प्युठानको जुम्म्रिबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्युठानको दाङबाङमा घर भएका नरेद्र गुरुङलाई पक्राउ गरिएको प्युठान प्रहरीले जानकारी दिएको छ। उनले आफ्नो व्यक्तिगत पहलमा ४१ जनालाई प्रहरीमा नाम निकालेको सामाजिक सञ्जाल फेसबुकमै पोष्ट गरेका थिए। उनले गृहमन्त्री खाँण उक्त पोष्टमार्फत धन्यवाद समेत दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *