आज दिउँसो प्रतिनिधि सभा बैठक बस्दै
काठमाडौं। प्रतिनिधिसभाको बैठक आज (मंगलबार) बस्दै छ। सभामुख अग्नीप्रसाद सापकोटाले दिउँसो १ बजेका लागि बैठक बोलाएको संसद सचिवालयले जनाएको छ।
गत बुधबारदेखि सुरु भएको नवौं अधिवेशनमा प्रमुख प्रतिपक्षी दल एमालेले सभामुखको राजीनामा माग र एमालेबाट कारबाही गरिएको १४ जना सांसद अवैध भएको भन्दै निरन्तर संसद अवरोध गर्दै आएकोछ।
संसदको अवरोध हटाउन सभामुख सापकोटाले सोमबार सर्वदलीय बैठक आयोजना गरे पनि एमाले ले बहिष्कार गरेको थियो।
त्यसैले आजको संसद बैठकमा एमालेको रणनीति र सभामुखको भूमिका चासोका साथ हेरिएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment