विश्वमा कोरोना : २४ घण्टामा थपिए ५ लाख संक्रमित सबै भन्दा बढी अमेरिकामा

डिसी नेपाल
३१ भदौ २०७८ ६:३२
292
Shares

काठमाडौं । अमेरिकामा पुनः कोरोनाको संक्रमण बढ्न थालेको छ। गत २४ घण्टाको तथ्याङ्क हेर्दा अमेरिकामा १ लाख ५५ हजार बढी कोरोनाका संक्रमित थपिएका छन्। अमेरिकासँग विश्वभरबाट गत २४ घण्टामा पाँच लाख ४९ हजार १६ जना कोरोनाका संक्रमित थपिएका हुन्।

थपिएका संक्रमितिको संख्या संगै विश्वभरमा कोरोनाबाट संक्रमित हुनेको संख्या २२ करोड ७२ लाख तीन हजार ७३ रहेको पुगेको छ। अमेरिकामा ४ करोड बढी संक्रमित पुगेका छन्।

यस्तै, भारतमा पनि तीन करोड ३३ लाख बढी कोरोनाका संक्रमित रहेका छन्। भारतमा गत २४ घण्टामा ३० हजार बढी संक्रमित थपिएका हुन्। भारतपछि ब्राजिलमा कोरोना संक्रमित हुनेको ठूलो संख्या रहेको छ। ब्राजिलमा हालसम्म १ करोड १० लाख बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

अमेरिकामा गत केहीदिन यता कोरोना संक्रमितको संख्या बढ्न थालेको हो। दुई दिन पहिला १ लाख १० हजारबढी संक्रमित थपिएका थिए भने हिजोको २४ घण्टामा एक लाख ५० हजार बढी कोरोनाका संक्रमित थपिएका छन्। यस्तै एक सातामा अमेरिकामा १० लाख बढी संक्रमित थपिएका छन्।

अहिलेसम्म अमेरिकामा ६ लाख ८४ हजार बढीले ज्यान गुमाएका छन्। गत २४ घण्टामा अमेरिकाको २ हजार १ सय ५३ जनासँगै विश्वभरमा ज्यान गुमाउनेको संख्या नौं हजार नौ सय ६२ पुगेको छ। हालसम्म विश्वभरबाट ४६ लाख ७२ हजार बढीले कोरोनाका कारण ज्यानु गुमाएका छन्।

यस्तै विश्वभरमा कोरोना संक्रमण मुक्त हुनेको संख्या पनि २० करोड ३८ लाख ९१ हजार सात सय ३७ रहेको छ। अमेरिकामा गत २४ घण्टामा ७९ हजार बढी संक्रमित निको भए। विश्वभरमा गत २४ घण्टामा पाँच लाख ५८ हजार नौ सय ८८ जना निको भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *