विरोधका बीच चल्यो लुम्बिनी प्रदेशसभाको बैठक

डिसी नेपाल
३१ भदौ २०७८ १७:२१

काठमाडौं । नेकपा एमालेका सांसदहरुले लुम्बिनी प्रदेशसभाको बिहीबारको बैठक अवरुद्ध गरेका छन् ।

सभामुख पूर्णबहादुर घर्तीले बिहीबारको बैठक सुरु गर्नासाथ एमाले सांसदहरुले रोष्टम घेराउ गर्दै नाराबाजी गरेका थिए । नेकपा एमालेको अवरोधका बीच लुम्बिनी प्रदेशसभाको बिहीबारको बैठक केहीबेर चलेको छ । सूर्य चिह्नबाट चुनाव लडेका तर अहिले अन्य पार्टीमा गएपछि पार्टीले कारबाही गरेका दुई सांसदलाई सभामुखले पदमुक्त गरेको सूचना नदिएको विरोधमा एमाले विरोधमा उत्रिएको थियो ।

नवौं अधिवेशन सुरु भएदेखि नै एमालेले प्रदेशसभा बैठक निरन्तर अवरुद्ध गर्दै आइरहेको छ । यसअघि प्रदेशसभामा दिउँसो करिब १ बजेर ५० मिनटमा पहिलो बैठक सुरु भएलगत्तै एमाले सांसदहरुले नाराबाजी सुरु गरेका थिए । एमाले सांसद नाराबाजीमा उत्रेपछि सभामुख पूर्णबहादुर घर्तीले बैठक एक घण्टाका लागि स्थगित भएको सूचना सुनाएका थिए ।

यसबीचमा निकैबेर सत्तापक्ष र विपक्ष छलफलमा जुटेपनि सहमति नजुटेपछि ४ बजेपछि दोस्रो बैठक सुरु भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *