घोडा ,रानी अनि राजा र खानदानी !!

डिसी नेपाल
२ असोज २०७८ २१:३५

म सानो छँदा मेरो वुवाले एउटा कथा सुनाउनु भएको थियो जुन कथा नेपालको राजनीतिमा निकै नै मेल खान्छ ।

राजदरबारमा एउटा मान्छे राजा भेट्न गएछ । राजालाई भेटेर भनेछ मलाई एउटा जागिर चाहियो कसैले दिएन जागिर ,सरकार ! तिमीसंग त्यस्तो के छ जस्ले गर्दा जागिर दिऊँ ? भनेर राजाले सोधेछन् ।

उसले भनेछ म हरेक बस्तु होस वा मान्छे उसको असली नसलीय (DNA)अनुहार हेरेर बताउन सक्छु । राजाले उसको कुरा सुनेर दरबारमा आफ्नो घोडा हेर्ने काम दिएछन् । ३\४ दिनपछि सोधेछन् मेरो घोडा कतिको सही छ रु उस्ले भनेछ सही नसलीय होइन । मैले २० लाखमा किनेको राजश्री भएको अरबी घोडा कसरी होइन रु घोडा बेच्नेलाई बोलाएर राजाले सोधेछन् । राजालाई घोडा दिनेले भनेछ सरकार उसले सही भन्यो किनकि यो घोडाको आमा जन्मने साथ मरेकोले यसलाई मैले गाईको दुध खुवाएर हुर्काएको थिएँ ।

राजाले अचम्म मान्दै त्यसलाई सोधेछन् कसरी थाहा पाइस ? उसले भनेछ सही नसलीय घोडाले घाँस खाँदा मुखमा घाँस हालेर ठाडो टाउको पारेर चपाउँछ तर यो घोडा गाईको जस्तो टाउको तल पारेर घाँस चपाइरहेछ तसर्थ यो घोडा सही नसलिय होइन । यस्तो सुनेर राजाको होस उडेछ ।

राजाले अचम्म मान्दै त्यसलाई सोधेछन् कसरी थाहा पाइस ? उसले भनेछ सही नसलीय घोडाले घाँस खाँदा मुखमा घाँस हालेर ठाडो टाउको पारेर चपाउँछ तर यो घोडा गाईको जस्तो टाउको तल पारेर घाँस चपाइरहेछ तसर्थ यो घोडा सही नसलिय होइन । यस्तो सुनेर राजाको होस उडेछ ।

एकदिन राजाले सोधेछन् मेरी रानी कस्ती हुन रु बहुत चक्रवर्ती राजाकी छोरी विवाह गरेको हुँ । कस्तो नसलीय हुन रुकस्तो खानदान हुन ?  एक हप्तापछि त्यो मान्छेले भनेछ सरकार माफी वक्सियोस रानी खानदानी नसलीय होइनन । राजाले तत्काल ससुरालीबाट राजा ससुरा र सासु रानीलाई झिकाए र सोधे के हो यसको कुरा ? झुट बोले फाँसी चढाउँछु भनेछन् । सासु ससुराले भनेछन सरकार ऊ सही छ ।

हाम्रो छोरी जन्मिनासाथ मरी तर हजुरको खानदानसंग विवाह सम्बन्ध राख्ने धोको थियो । किनकि हजुरको वुवाले छोरी भए मेरो छोरालाई दिनु भनेको थियो । तसर्थ हामीले एउटा बच्चा बस्तीमा गएर चोरेर ल्याएर ठुली बनाएर तपाईसँग विवाह गरिदिएको हो । राजाले छक्क पर्दै सोधेछन् तँलाई कसरी थाहा भयो ? घोडाको रेखदेख गर्नेले भनेछ सरकार रानीले दरवारमा प्रयोग गर्ने भाषा तल्लो स्तरको छ । न त कर्मचारी न त नोकर चाकर सबैलाई तंत र म म भनेर बोलाएकोले अराएकोले राजसी नसलीय होइन भनेर थाहा पाएँ । कुरा सही भएकोले राजाले खुशी भएर इनामहरु दिएछन् ।

एकदिन राजालाई मेरै नस्ल के हो भनेर देखाउनु प¥यो भन्ने लागेछ । कस्तो खानदान हो मेरो भन् ? भनेर सोधेछन । सरकार फाँसीको सजाय हुदैन भने भन्छु भनेछ । राजाले माफी दिने भनेपछि भनेछ सरकार तपाई राज नसलीय होइन । दरबारमा खैलाबैला भएछ अनि राजाले आफ्नै आमालाई बोलाएर सोधेछन् । आमाले भनिछन् हो छोरा उस्ले सही भन्यो । हाम्रो कुलमा छोरा भएन । राज्य चलाउनु थियो ।

तसर्थ हामीले एउटा गाउको किसानबाट किनेर जन्मेको भोलिपल्टै ल्याएको हो र तिमीलाई दरवारमा नै हुर्काएको हो अनि राजा बनाएको हो । यो कुराले राजा आश्चर्य चकित परेर सोधे यो कुरा तलाई कसरी थाहा भयो रु उसले भनेछ सरकार जब जब सरकारका जिज्ञासाको म सही जवाफ दिन्थे अनि खुशी भएर मलाई गाईबस्तु भेडा बाख्रा कुखुरा हाँस कोदो धान मकै उपहार वक्सिन्थ्यो । सही राज खानदानी नसलीय भए त राजाले खुशी हुँदा हिरा मोती मणि रत्न पैसा उपहार दिनु हुने थियो तसर्थ तपाईको उपहार दिने बस्तुहरुबाट तपाईको खानदान थाहा भयो । राजा नाजवाफ भए ।

माधव नेपाल होस वा देउवा अर्थात ओली जो सुकै हुन उनीहरुको व्यवहार, बोली चरित्र हेर्दा उनीहरुको रगतमा खानदानी नस्ल छ छैन ? छ भने राजपाठमा को संग छ वा छैन ? यिनीहरु राष्ट्रपति बनुन वा प्रधानमन्त्री उनीहरुको व्यवहारले नै खानदान छुट्टिन्छ । यो अपरिवर्तनीय हुन्छ । यो प्रश्नको जवाफ नपाएसम्म नेपालको राजनीति कहिल्यै सही हुने छैन ।

वास्तवमा खानदान रगतमा आउँछ अनि व्यवहारमा आउँछ । मान्छेको व्यवहारले उस्को खानदानी चरित्र छुटिन्छ । यो कुरा आज नेपालको वर्तमान राजनीतिमा प्रचण्डसंग मिल्छ कि मिल्दैन ? तपाई आफै छुट्याउनु होस् । माधव नेपाल होस वा देउवा अर्थात ओली जो सुकै हुन उनीहरुको व्यवहार, बोली चरित्र हेर्दा उनीहरुको रगतमा खानदानी नस्ल छ छैन ? छ भने राजपाठमा को संग छ वा छैन ? यिनीहरु राष्ट्रपति बनुन वा प्रधानमन्त्री उनीहरुको व्यवहारले नै खानदान छुट्टिन्छ । यो अपरिवर्तनीय हुन्छ । यो प्रश्नको जवाफ नपाएसम्म नेपालको राजनीति कहिल्यै सही हुने छैन ।

यस कारणले यो कथाको याद आयो कि हिजो आज नेताहरुले प्रयोग गर्ने भाषाले उनीहरूको क्षमता मात्र होइन राजपाठ चलाउन जान्ने व्यवहार र खानदान (DNA) जनताले परीक्षण गर्नै पर्ने भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *