सरगमाथा र माउन्ट केटु हिमाल चढिसकेका पाकिस्तानका कान्छा आरोही मनास्लु चढ्दै
काठमाडौं । पाकिस्तानका १९ वर्षीय शेरोज काशिफ नेपालको मनास्लु हिमाल चढ्ने भएका छनन्। विश्वको सर्वोच्च शिखर ‘सगरमाथा’ र दोस्रो अग्लो हिमाल ‘माउन्ट केटु’ चढिसकेका कान्छा हिमाल आरोही काशिफ भोलि(सोमबार) मनास्लु हिमाल चढ्न लागेको हुन् ।
सेभेन समिट ट्रेकका प्रबन्धक थानेश्वर गुरागाईँका अनुसार अहिले मनास्लु बेसक्याममा रहेका काशिफले सेप्टेम्बरको अन्तिम हप्तासम्म मनास्लुको आरोहण गरिसक्नेछन् । गुरागाईँका अनुसार काशिफ सोमबार क्याम्प वान चढ्ने छन्।

काशिफले कलिलो उमेरदेखि नै हिमाल चढ्न सुरु गरेका हुन् । काशिफले यसै वर्षको जुलाई २८ मंगलबार बिहान १० बजेर १० मिनेटमा ‘माउन्ट केटु’ (८६११ मीटर) चढेका थिए । उनले १२ वटा अन्य अग्ला हिमालसमेत आरोहण गरिसकेका छन् । उनले १७ वर्षको उमेरमै ८०४९ मिटरको ब्रोड पिकसमेत चढेका थिए ।
त्यसैगरी, उनले ११ वर्षको उमेरमा मकरा पीक (३८८५), १२ वर्षको उमेरमा मुसा कामुसल्ला (४०८० मिटर) र चम्ब्रा पीक (४६०० मीटर), १३ वर्षमा मंगलिकसर (शिमशल, ५०५० मिटर), १४ वर्षमा गोन्डोगोरो ला के२ बेस क्याम्प (५५८५ मीटर), १७ मा खुर्दो पिन पास (५८०० मिटर), १७ मा ब्रोड पीक (८०४७ मि) र १८ वर्षको उमेरमा खुसार गङ (अल्पाइन शैली ६०५० मिटर) चढिसकेका छन् ।
यसअघि मे ११, २०२१ को दिन १९ वर्षको उमेरमै उनले विश्वकै सर्वोच्च शिखर सगरमाथा (८८४८.८६ मि.) चढेर पाकिस्तानकै कान्छा हिमाल आरोही बनेर कीर्तिमानी कायम गरेका थिए ।
पाकिस्थानस्थित लाहोरका बासिन्दा उनले १७ वर्षको उमेरमा ब्रोड पीक (८०४७मी.) चढेर कान्छो पाकिस्तानी आरोही भएका थिए। यसअघि उनले आठ प्रमुख पर्वतारोहण र आरोहण इतिहास हासिल गरिसकेका छन् ।
हाल मनास्लु हिमाल आरोहण गर्ने भने उनी यही सेप्टेम्बर ११ मा नेपाल आएका हुन् ।
No ads found for this position


Facebook Comment