‘कि ५० लाख देउ, होइन भने जबर्जस्ती करणीमा मुद्दा हाल्छु’

डिसी नेपाल
३ असोज २०७८ १८:०९

काठमाडौं । बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी गर्ने धम्की दिने ती महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

एक पुरुषलाई बलात्कार अभियोग लगाउने भन्दै ५० लाख रुपैयाँ माग गरेको आरोपमा दाङ प्रहरीले तीन जना महिलालाई पक्राउ गरेको हो । प्रहरीले घोराही उपमहानगरपालिका–१५ की ३२ वर्षकी सीतादेवी थापा, ३५ वर्षकी खुमा वली र ३२ वर्षकी सुष्मा परियारलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुविरुद्ध आपराधिक लाभसम्बन्धी अपराधमा अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

धेरै दिनदेखि एक पुरुषलाई ५० लाखको बार्गेनिङ गरिरहेका थिए । पीडित पुरुषले उनीहरुको बारेमा जानकारी गराई प्रहरीमा उजुरी दिएका थिए । प्रहरीका अनुसार दाङको पीडित पुरुषले सागर एण्ड सुनिल रेष्टुरेन्ट तथा लज होटलमा गई सिता देवी थापा, खुमा वली र उनीहरुकै साथमा रहेकी सुषमा परियारसँग भेट गरी १७ लाखको चेक दिएका थिए । पीडितको उजुरीका आधारमा प्रहरीले थापाको कोठामा खानतलासी गर्दा १७ लाख रुपैयाँको चेक भेटेको थियो । साथै नगद १ लाख भने ब्याजमा लगाइसकेको प्रहरीले जनाएको छ ।

गत असार ६ गते दाङको घोराहीमा पीडित पुरुषलाई सीतादेवी थापाले फोन गरेर ‘मेरो घरायसी विषयको मुद्दा छ, तपाईं कानुनको बारेमा जानेको मान्छे’ भनी सल्लाह गर्न बोलाए। त्यसपछि पीडित पुरुषले घोराही उपमहानगरपालिका–१५ को कोहिनुर रेष्टुरेन्टमा घोराही नगरपालिका–१५ कि थापा र खुमा वलीलाई भेटे ।

रेष्टुरेन्टको क्याबिन कोठामा मुद्दाको बारेमा कुराकानी गरेपछि घर फर्किने बेलामा थापा कोठाको खाटमा पल्टिएको र पैसा तिरिसक्दा पनि तल नझरेपछि पीडित पुरुषले बोलाउन जाँदा गालीगलौच गरेर ‘मेरो इज्जतमा हात हाल्ने अब म छोड्दिन जबर्जस्ती करणीमा मुद्दा हाल्छु’ भनी वादविवाद भएको प्रहरीले बताएको छ ।

पीडितको उजुरीका आधारमा प्रहरीले थापाको कोठामा खानतलासी गर्दा १७ लाख रुपैयाँको चेक भेटेको छ भने नगद १ लाख भने ब्याजमा लगाइसकेको पाइएको प्रहरी प्रवक्ता रिजालले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *