कोरोनाको खोप लगाउनेमा नेपाल चौंथो स्थानमा
काठमाडौं । नेपालमा कूल जनसंख्यामध्ये झन्डै २० प्रतिशतले कोरोनाबिरुद्धको पूर्ण मात्रा खोप लगाइसकेको छ ।
नेपालमा हालसम्म ५६ लाख भन्दा बढीले दुबै मात्राको खोप लगाएका छन् भने ६२ लाख भन्दा बढीले पहिलो मात्राको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपाल दक्षिण एसियामा कोरोनाभाइरसविरुद्धको खोप लगाउनेमा चौथो स्थानमा परेको छ ।
भारतमा १४ दशमलव ५५ प्रतिशतले पूर्ण मात्रा कोभिड खोप लगाएका छन् भने पाकिस्तानमा ११ दशमलव ०७ प्रतिशत जनसङ्ख्याले पूर्ण मात्रा खोप लगाइसकेका छन् । बङ्गलादेशमा ८ दशमलव ८७ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकको छभने दक्षिण एसियामा अफगानिस्तानमा १ दशमलव १३ प्रतिशतले मात्र पूर्ण मात्राको खोप लगाएको तथ्याङ्क छ।
यस्तौ माल्दिभ्समा ६२ दशमलव १६ प्रतिशतले पूर्ण मात्राको कोभिड खोप लगाएका छन्। दक्षिण एसियाली मुलुकमध्ये भुटानमा कुल जनसङ्ख्याको सबैभन्दा धेरै अर्थात् ६२ दशमलव ७६ प्रतिशतले पूर्ण मात्राको कोभिड खोप लगाइसकेका छन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment