आफ्नो संघर्षका दिन सम्झिँदै भावुक बने कपिल ! खोले जीवनको ठूलो राज

डिसी नेपाल
१४ मंसिर २०७५ १३:४०

एजेन्सी। कपिल शर्मा विकेण्ड एपिसोडकालागि ‘इण्डियन आइडल’ सीजन–१० को सेटमा पुगेका थिए। योबीचमा कपिले आइडलका प्रतिश्पर्धीको गीत सुनेर निकै भावकु भए। कार्यक्रम सकिएपछि कपिल आफ्नी बहिनी पूजालाई सम्झेर भावुक बने। र, ‘चिडिया दा चंबा’ गीत पनि गाए। कपिलले आफ्नो संघर्षको दिन सम्झिँदै नोभेम्बर महिनामा आफ्नो कमाइको पहिलो चेक पाएको र त्यसको दुई महिनापछि बहिनीको विवाह धुमधामसँग गरेको सुनाए। उनले चिडिया दा चंबा गीत आफ्नालागि खास रहेको बताए।

कपिलले आफ्नो संघर्षका दिन सम्झिँदै भने–२०७ मा त्यतिबेला मसँग पैसा थिएन र मेरी बहिनीको विवाह जनवरीमा हुने तय भएको थियो। म निकै तनावमा थिएँ र पैसाको जोरजाम गर्ने कोशिश गरिरहेको थिएँ। यसैबीचमा मलाइ ‘द इण्डियन लाफ्टर च्यालेन्ज’ बाट दश लाखको चेक प्राप्त भयो, जसको मलाइ आशा थिएन। त्यसपछि मैले पूजालाई विवाहकालागि पैसा कमाएको सुनाए। उसले विश्वास नै गरिन। मलाइ अहिले पनि सम्झना छ त्यो दिन एकअर्कालाई अंगालो हालेर हामी निकै रोएका थियौं। त्यसपछि मैले थप शो गरेँर पैसा कमाएँ अनि बहिनीको विवाह धुमधामसँग भयो।’
कपिल शर्माले १२ डिसेम्बरमा गर्लफ्रेण्ड गिन्नी चतरथसँग विवाह गर्दैछन्। विवाह भन्दा पहिला उनले आफ्ना कलेजको दिनका विषयमा खुलासा गरेका छन्। उनी कलेजका दिनमा विवाहमा केवल खाना खान मात्रै जाने गर्थे।

‘दिल्लीमा म आफ्ना साथीसँग कसैको पनि विवाहमा छिर्ने गर्थेँ र मजाले खाना खाने गथ्र्यौं। एक दिन कलेजको मेसमा खाना सकिएछ, त्यसपछि हामी एक विवाहमा छिर्यौं खाना खान आग्रह गर्दै नाच्न पनि भने। हामीले पहिला नै खाना खाइसकेका थियौं। तर ती अंकलको कुराले हामी फसेका थियौं। त्यसपछि हामीले दुई पटक खाना खायौं र नाच्नु पनि पर्यो। यो राम्रो अनुभव थियो जसलाई हामी कहिल्यै भुल्न सक्दैनौं,’ कपिलले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *