को होला मर्केलको उत्तराधिकारी?

डिसी नेपाल
१० असोज २०७८ ११:५८
72
Shares

वर्लिन। जर्मन चान्सलर एन्जेला मर्केलको उत्तराधिकारी छनौट गर्न जर्मनीमा आज संसदीय निर्वाचन भइरहेको छ। लगातार १६ वर्ष जर्मनीको सत्तामा रहेकी मर्केलले आफू पुनः चान्सलरका लागि प्रतिष्प्रर्धा नगर्ने घोषणा गरिसकेकी छिन् । तर, चुनावमा कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने विभिन्न सर्वेक्षणले देखाएका छन्।

युरोपकै शक्तिशाली अर्थतन्त्र भएको जर्मनीको आगामी नेता को बन्ला भन्ने बारेमा पश्चिमा मुलुकले निकै चासोपूर्वक हेरिरहेको छ। र, ६ करोड मतदाताले यसको फैसला आज गर्नेछ।

चुनावमा मर्केलको क्रिश्चियन डेमोक्रयाटिक युनियन (सीडीयु), वामपन्थी सोसल डेमोक्रयाटिक पार्टी (एसपीडी) तथा क्रिश्चिय सोसल युनियन (सीएसयु) बीच कडा प्रतिष्प्रर्धा हुने विभिन्न सर्वेक्षणहरुले देखाएका छन्।

निर्वाचनमा कुनै पनि पार्टीले प्रष्ट बहुमत नल्याउने र सामान्य बहुमत ल्याउने दलको नेता नै गठबन्धनको समर्थनमा मर्केलको उत्तराधिकारी बन्ने एलेन्सव्याच इन्स्टिच्युटले गरेको पछिल्लो सर्वेक्षणले देखाएको छ।

चुनाव प्रचारको अन्तिम दिन शनिबार चान्सलरबाट बिदा हुन लागेकी मर्केल आफ्ना पार्टीका उम्मेदवार अरमिन ल्यासचेटले उनको गृहनगरमा आयोजन गरेको एक कार्यक्रममा सहभागी भएकी थिइन्।

‘जर्मनीको बागडोर कसले सम्हाल्छ भन्ने निर्धारण चुनावले गर्नेछ,’ उनले भनेकी थिइन् । जर्मनीको स्थिरतालाई ल्यासचेटले निरन्तरता दिने उनको विश्वास थियो।

निर्वाचन परिणामबारे चौतर्फी अनिश्चितता देखिन्छ। चुनावको दिनसम्म पनि एक तिहाई मतदाता कसलाई मत हाल्ने भन्ने वारेमा अन्यौल देखिन्छन्। चुनावअघिका मत सर्वेक्षणले पनि फरक फरक नतिजा देखाएका छन्। केही समयअघिको सर्वेक्षणले मर्केलको सीडीयु र उसको भातृ वाभरियन पार्टी विजयी हुने देखाएका थिए । तर, पछिल्लो अर्को एक सर्वेक्षण अलाफ सोल्ज नेतृत्वको सोसल डेमोक्रयाटिकले बहुमत ल्याउने प्रक्षेपण गरेको छ।

चान्सलरका लागि प्रतिष्प्रर्धा गरेका तीन मुख्य उम्मेदवारमध्ये सोल्जले मतदातालाई बढी प्रभावित पारेका छन्। सन् २०१८ देखि उपचान्सलर रहेका उनले सीडीयुका उम्मेदवारलाई सजिलै पाखा लगाउन सक्ने केहीको अनुमान छ।

तर, उनी विजयी भए अन्य दुई पार्टीको गठबन्धनले समर्थन गर्नुपर्छ। ‘मेरा लागि ठूलो गठबन्धन भनेको को मतदाता हुन्। किनकी मतदाताले एसपीडीलाई चुनावमा जति शक्तिशाली बनाउछन् मलाई सरकार गठन गर्न पनि सहज हुन्छ।’ उनले भनेका छन्।

निर्वाचनमा ग्रीन पार्टीकी अन्नालेना बेयरबोकले पनि आफ्नो विजयी दाबी गरे पनि उनले जर्मनको नेतृत्व गर्न नसक्ने कतिपयको भनाइ छ। आफ्नो राज्यमा हालै गएको भीषण पहिरोमा परेर ज्यान गुमाए व्यक्तिलाई उचित क्षतिपूर्ति नदिएको भन्दै उनको आलोचना भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *