तालिबानलाई अन्तर्राष्ट्रिय मान्यता दिने विषयमा रुसको निकै महत्वपूर्ण निर्णय
काठमाडौं। रुसका विदेशमन्त्री सर्गेइ लावरोभले तालिबानलाई अन्तर्राष्ट्रिय मान्यता दिने विषय अहिले विचाराधीन नभएको बताएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार लावरोभले संयुक्त राष्ट्रसंघको महासभामा यस्तो बताएका हुन् । उनको यो टिप्पणी यस्तो समयमा आएको छ जब तालिबानले संयुक्त राष्ट्रसंघको लागि आफ्नो दूत मनोनित गरेको छ ।
सर्गेइ लावरोभले एक पत्रकार सम्मेलनमा भने ‘तालिबानलाई अन्तर्राष्ट्रिय मान्यता दिने प्रश्न अहिले विचाराधीन छैन ।’ तालिबानका विदेशमन्त्री आमिर खान मुत्तकीले तालिबानका प्रवक्ता सुहेल शाहीनलाई अफगानिस्तानको तर्फबाट संयुक्त राष्ट्रसंघमा राजदूतको रुपमा मनोनित गरेको छ । तालिबानले गएको अगष्ट १५ मा अफगानिस्तानमा नियन्त्रण गरेको थियो ।
तालिबानले यसअघिको (अशरफ गनी) अफगानिस्तान सरकारको संयुक्त राष्ट्रसंघमा प्रतिनिधित्व गर्ने राजदूत गुलाम इसकजाइलाई पदबाट हटाएको छ । इसकजाइले पनि आफ्नो संयुक्त राष्ट्रसंघीय मान्यता फेरि जारी गर्न आग्रह गरेका छन् । चीन र अमेरिकासमेत रुस पनि संयुक्त राष्ट्रसंघको त्यो ९ सदस्यीय समितिका सदस्य हुन् जो यो वर्षको अन्त्यसम्म संयुक्त राष्ट्रसंघमा अफगानिस्तानको स्थानको दावीबारे निर्णय गर्नेछन् ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस ले भनेका छन् कि अन्तर्राष्ट्रिय मान्यताको लागि तालिबानको अपिल नै त्यो एकमात्र विकल्प हो जसको आधारमा तालिबानमाथि समावेशी सरकार र मानवअधिकारको पालन (खासगरी महिलाहरुको सन्दर्भमा) का विषयमा दबाब दिन सकिनेछ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment