१६ वर्षपछि चान्सलर मर्केल नेतृत्वबाट बाहिरिने
काठमाडौं। सन् २००५ पछि निरन्तर सत्तामा रहेकी चान्सलर एङ्गेला मर्केलले यही निर्वाचनपछि राजनीतिबाट बिदा लिन बताएका छन् ।
अठसट्ठी बर्षिया चान्सलर मर्केलले चुनाव नै नलड्ने घोषणा गरिकेकी छन्। नयाँ चान्सलरका लागि सत्तारुढ क्रिश्चियन डेमोक्रेटिक पार्टीका आर्मिन लासेट, फ्री डेमोक्रेटिक पार्टीका क्रिस्टियन लिन्डनर र ग्रिन पार्टीकी एनालेना बेएरबोक चान्सलर पदका आकाङ्क्षीका रूपमा चर्चामा छन् ।
मर्केलको उत्तराधिकारीको रुपमा नयाँ चान्सलर को बन्ला भन्ने चासो देशभित्र र बाहिर समेत रहेको छ। छ करोड मतदाता रहेको चुनाव पहिले भएका मत सर्वेक्षणहरूले पनि स्पष्ट तस्बीर देखाउन नसकेका बताउने गरिएको छ।
नेतृत्वका लागि लासेट, लिन्डनर, केएरबोकबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ। संसदको तल्लो सदन ‘बुन्डेस्ट्याग’ मा भने कसैको पनि एकल बहुमत नआउने सर्वेक्षणहरूले देखाएका छन्। कुनै पनि दलको बहुमत नआएको खण्डमा गठबन्धन सरकार गठन र नयाँ चान्सलर चयन लम्बिन सक्ने भएकाले अझै केही महिना मर्केल नै सत्तामा रहन सक्ने आँकलन पनि विश्लेषकहरुले गरेका छन् ।







डिसी नेपाल







Facebook Comment