दुर्घटनाबाट बच्यो बुद्ध एयरको जहाज

डिसी नेपाल
११ असोज २०७८ ११:१६
1.4k
Shares

काठमाडौं। सोमबार विहान काठमाडौंदेखि बिराटनगरका लागि बुद्ध एयरको जहाज छुट्यो। दसैंको मुखमा घरजानेदेखि अन्यकामका लागि गएका यात्रुबोकेर उडेको जहाज विराटनगरको आकाशमा त पुग्यो तर ल्याण्डिङ हुन सकेन।

विराटनगरमा ल्याण्डिङ हुने अवस्था नभएपछि जहाज काठमाडौं फर्कियो। आफ्नो कामले विराटनगर पुग्न खोजेको सम्पूर्ण यात्रुहरु जब जहाज काठमाडौं फर्किने सूचना पाए तब त्रसित बने।

सामान्यतः जहाज ल्याण्डिङ हुन नस्कने भनेपछि ठूलो प्राविधिक समस्या आएको मानिन्छ। अब विराटनगरमा ल्याण्डिङ हुन नसकेको जहाज काठमाडौं फर्किन थालेपछि यात्रुमा डर पैदा हुनु स्वभाविक छ।

काठमाडौंको आकासमा पुगेको खबर गरेपछि पनि करिव १ घण्टा विमान आकासमै घुम्न थाल्यो। काठमाडौंको आकासमा पुगेपछि पनि ल्याण्डिङ हुन ढिलो गरेपछि विराटनगरदेखि आत्तिएका यात्रुहरुको मनमा डर बढ्दै गएको थियो।

तर, एक घण्टाको बादलमाथिको घुमाईपछि अन्ततः सबै जना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सकुशल जहाजबाट बाहिरिए।

यसरी विराटनगर पुगेको जहाज काठमाडौं फर्किएर फोर्स ल्याण्डिङ गरेपछि बुद्ध एयरका संचार प्रवन्धक दिपेन्द्र कुमार कर्णसँग के भएको भनेर सोधेका थियौं।

कर्णका अनुसार ल्याण्डिङ गेयर झरेको सूचना दिने इण्डिकेटरले काम नगरेपछि उक्त समस्या आएको हो। उनले भने, ‘हामीले अहिले सम्पूर्ण यात्रुहरुलाई सेफ गरेको छौं। लामो समय आकासमा रहनु परे पनि सकुशल ल्याण्डिङ गर्न सकिएकोमा सबै खुसि छौं।’

विमान उडान पूर्व नै सम्पूर्ण प्राविधिको पाटो चेकजाँच गर्नु पर्ने भए पनि बुद्ध एयरको विमानमा भने प्राविधिक त्रुटि देखिएको हो। उक्त प्राविधिक त्रुटीको कारण जहाज काठमाडौं फिर्ता हुनु परेको कर्णले स्वीकार गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.