पाकिस्तानमा देशका संस्थापक नेता मोहम्मद अली जिन्नाको शालिक बम पड्काएर उडाइयो
काठमाडौं। पाकिस्तानका संस्थापक नेता मोहम्मद अली जिन्नाको शालिक बम पड्काएर उडाइएको छ । पाकिस्तानको बलुचिस्तान प्रान्तको तटीय सहर ग्वादरमा रहेको जिन्नाको शालिक बलुच रिपब्लिकन आर्मीले बम पड्काएर उडाइदिएको हो ।
पाकिस्तानी अखबार डनका अनुसार ग्वादरमा जिन्नाको मूर्ति जुन महिनामा मरिन ड्राइभमा बनाइएको थियो । यो पूरै क्षेत्रलाई निकै सुरक्षित मानिन्छ । तर, उग्रवादीहरुले जिन्नाको मूर्ति बम विष्फोट गराएर नष्ट गरिदिए । प्रतिबन्धित रिपब्लिकन आर्मीका प्रवक्ता बागबर बलुचले बम विष्फोटको जिम्मेवारी ट्वीटरमार्फत लिएका छन् ।
बीबीसी उर्दुले ग्वादरका सेवानिवृत्त मेजर अब्दुल कबीर खानको हवाला दिँदै घटनाको उच्च स्तरमा जाँच भइरहेको बताए । उनका अनुसार विष्फोट गराउने उग्रवादीहरु पर्यटकको रुपमा क्षेत्रमा प्रवेश गरेका थिए । उनका अनुसार अहिलेसम्म कसैको गिरफ्तारी भएको छैन ।







डिसी नेपाल







Facebook Comment