फ्रान्सका राष्ट्रपतिलाई अण्डाले हानियो, ३ महिना पहिले थप्पड हानिएको थियो

डिसी नेपाल
१२ असोज २०७८ १५:२२
436
Shares

काठमाठौं। फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनलाई सोमबार एक प्रदर्शनकारीले अण्डाले हानेका छन् । म्याक्रेन त्यतिबेला लियोनको भ्रमणमा थिए । उनी यहाँ फ्रेन्च ग्यास्ट्रोनोमीलाई बढावा दिनको लागि पुगेका थिए । यही क्रममा एक व्यक्तिले ‘विवे ला रिभोल्युसन’को नारा लगाउँदै म्याक्रेनलाई अण्डाले हाने । अण्डा म्याक्रोनको काँधमा लाग्यो ।

विवे लारिभोल्युसनको अर्थ क्रान्ति जिन्दावाद हुन्छ । यो नारा १७८९ देखि १७९९ सम्म फ्रान्सको क्रान्तिका क्रममा लगाइन्थ्यो । घटनापछि म्याक्रोनले ‘उनीसँग मलाई बताउनको लागि केही छ भने उनलाई आउन देउ’ भनेका थिए । पछि म्याक्रोनले आफ्ना अंगरक्षकहरुसँग म उनीसँग पछि कुरा गर्छु, जाउ उनलाई लिएर आउ भनेका थिए ।

म्याक्रोनलाई हानिएको अण्डा काँचो भए पनि उनलाई लाग्दा फुटेन । पछि केही फोटोमा त्यो अण्डा भुइँमा फुटेको देखिएको थियो । घटनाका बेला म्याक्रोन इन्टरनेशनल क्याटरिङ एण्ड हस्पिटलिटी फेयरमा सहभागी हुने क्रममा समर्थकहरुसँग कुरा गरिरहेका थिए ।

यसअघि गएको ८ जूनमा एक व्यक्तिले राष्ट्रपति म्याक्रोनलाई थप्पड हानेका थिए । त्यतिबेला पनि उनी मानिसहरुसँग कुरा गर्दै थिए । बीचमा बेरिकेड पनि थियो तर भिडमा रहेका एक व्यक्तिले अचानक उनलाई थप्पड हानिदिए । राष्ट्रपतिको साथमा रहेका सुरक्षा एजेन्टले ती व्यक्तिलाई तत्काल समातेका थिए । यो घटनामा २ जनालाई पक्राउ गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *