तालिबानलाई च्यालेन्ज गर्ने ‘लेडी बोस’ को हुन् ?
काठमाडौं। अफगानिस्तानको हेरात प्रान्तमा बस्ने शफिकेह अट्टाइ । उमेर ४० वर्ष, पढाइ काम चलाउ । अहिले उनी एक केसर कम्पनीकी मालिक हुन् र उनले १ हजारभन्दा धेरै महिलाहरुलाई रोजगारी दिइरहेकी छिन् । शफिकेहले २००७ मा केसर निर्यात गर्ने कम्पनी खोलेकी थिइन् । उनको कम्पनीले ६० एकड जमिनमा केसर उत्पादन, त्यसको प्रशोधन र प्याकेजिङ गरेर निर्यात गर्छ ।
अफगानिस्तानमा तालिबान शासनले उनको चिन्ता बढाएको छ । शफिकेह भन्छिन् ‘तालिबानको डरले मैले पनि काम छोड्न सक्थें तर मैले छोडिन किनकि यो कम्पनी खडा गर्न मलाई वर्षौं लागेको छ । यसको लागि मैले कडा मेहनत गरेकी छु र यो मेहनतलाई मैले बेकार जान दिन सक्दिन । मेरो कम्पनी महिलाहरुले महिलाहरुको लागि बनाएको हो ।’
उनका अनुसार यो कपनीका मालिक पनि महिला हुन् र काम गर्नेहरु पनि महिलाहरु हुन् । कसैले पनि हामीलाई तर्साएर काम बन्द गराउन सक्दैन । एक महिला जो दिन रात मेहनत गरेर आफ्नो काम गर्छिन् कसैले उसलाई बेवास्ता गर्न सक्दैन । हामी काम गर्न छोड्ने छैनौं । हामी आफ्नो आवाज उठाउनेछौं ताकि यो उनीहरुको कानमा पुग्न सकोस् ।
अफगानिस्तानका ३१ प्रान्तमा करिब ५ हजार एकडमा केसरको खेती हुन्छ । देशको वार्षिक उत्पादन ६ मेट्रिक टन छ । अफगानिस्तानमा कैयौं किसिमका केसर उत्पादन हुन्छन् । यहाँको केसरको संसारमै सबैभन्दा महंगो पनि हुन्छ जसको मूल्य झण्डै ६ लाख रुपैयाँ प्रतिकिलोबाट सुरु हुन्छ ।
पहिले मानिसहरु केसरको खेतीबाट टाढा रहन्थे र अफीमको खेतीलाई प्राथमिकता दिन्थे । तर, केसरको राम्रो उत्पादन र राम्रो मूल्यका कारण मानिसहरु यसको खेतीतर्फ आकर्षित हुन थालेका छन् । करिब १२ वर्ष पहिले देशमा केवल १ टन केसर उत्पादन हुनथ्यो जो बढेर अहिले ६ टन पुगेको छ । अहिले भने विशेषज्ञले अफगानिस्तानमा तालिबानको शासनका कारण केसरको उत्पादन घट्न सक्ने अनुमान गरेका छन् ।







डिसी नेपाल







Facebook Comment