नवजोत सिंह सिद्धूले राजीनामा दिए
काठमाडौं। पंजाब कांग्रेसका अध्यक्ष नवजोत सिंह सिद्धूले अध्यक्ष पदबाट राजीनामा दिएका छन् । उनले सोनिया गान्धीलाई राजीनामा पठाएका छन् । राजीनामा पत्रमा सिद्धूले आफूले पंजाबको भविष्य र जनताको हितमा सम्झौता गर्न नसक्ने बताएका छन् ।
उनले सम्झौता गर्दा मानिसको चरित्र समाप्त हुने भन्दै अबका दिनमा पनिकांग्रेसका लागि काम गरिरहने बताएका छन् । सिद्धूलाई १८ जुलाइमा मात्र पंजाब कांग्रेसको अध्यक्ष बनाइएको थियो ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment