आफू ‘भविष्यको भगवान’ भएको दावी गरेको आरोपमा प्रधानाध्यापकलाई मृत्युदण्ड
काठमाडौं। पाकिस्तानमा एक महिलालाई ईशनिन्दाको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको छ । यी महिला एक स्कुलकी प्रधानाध्यापक रहिसकेकी छिन् । उनले आफू इस्लामको आगामी पैगम्बर भएको बताएकी थिइन् । लाहोरको सेसन कोर्टले सोमबार सलमा तनवीर नामकी महिलालाई ५० हजार रुपैयाँको जरिवानाका साथै मृत्युदण्डको सजाय सुनाएको छ ।
न्यायाधीशले फैसलामा भनेका छन् – सलमाले पैगम्बर मोहम्मदलाई इस्लामका अन्तिम मोहम्मद मान्न अस्वीकार गरेकी छिन् त्यसैले उनलाई यो सजाय दिइएको छ । इन्डिपेन्डेन्टको एक रिपोर्टअनुसार लाहोर पुलिसले २०१३ मा सलमा तनवीरमाथि यो केस दर्ता गरेको थियो । महिलाका वकिलले अदालतमा उनी मानसिक रुपमा स्वस्थ नभएकोले उनलाई कुनै किसिमको सजाय नदिइयोस् भन्ने अपिल गरेका थिए ।
तर, अदालतमा रिपोर्ट पेश गरिँदा महिला पूरै स्वस्थ रहेको र उनलाई कुनै मानसिक रोग नभएको प्रमाणित भयो । पाकिस्तानमा ईशनिन्दाका विषयमा निकै कडा कानुन छ । १९८७ देखि अहिलेसम्म पाकिस्तानमा ईशनिन्दाका कानुन अन्तर्गत करिब डेढ हजार मानिसहरुलाई सजाय दिइसकिएको छ । यदि कसैलाई ईशनिन्दाको आरोप लाग्यो भने धेरैजसो घटनामा वकिलले यस्ता केस लिँदैनन् ।







डिसी नेपाल







Facebook Comment