थप १ हजार १५७ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

डिसी नेपाल
१३ असोज २०७८ १६:४४

काठमाडौं । गत २४ घण्टामा नेपालमा १४ हजार ५४१ जनाको परीक्षण गर्दा १ हजार १५७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार ३१८ जना निको भएर घर फर्केका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार ६५२ पीसीआर परीक्षण गर्दा ८९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ३ हजार ८८९ परीक्षण गर्दा २६५ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

गएको २४ घण्टामा ८ जनाको कोरोनाका कारण ज्यान गएको छ । मन्त्रालयका अनुसार बुधबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार १२३ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १९३ जना रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *