भारतर्फ अबैध निकासी भइरहेको साढे २२ क्वीन्टल केराउ बरामद
काठमाडौं । अबैधरुपमा भन्सार छली नेपालबाट भारततर्फ निकासी भइरहेको साढे २२ क्वीन्टल केरा बर्दिया प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय सानोश्रीबाट खगिएको प्रहरी टोलीले मधुबन नगरपालिका–८ बाट साढे २२ क्वीन्टल (दुई लाख २५ हजार मुल्य पर्ने) केराउ बरामद गरेको हो ।
बरामद गरिएको केराउन आवश्यक कारवाहीका लागि राजापुर भन्सार कार्यालय गुलरिया पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल पौडेलले जानकारी दिए।
नेपालले तेस्रो मुलुकबाट अनुदानमा पाउने केराउ भारतमा महंगो मुल्य पर्ने भएकाले नेपालबाट तस्करी हुने गरेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment