भारत-चीनको सीमामा फेरि तनाब : लद्दाखमा चीनका उत्तेजक गतिविधिको बदला लिने भारतकाे चेतावनी
लद्दाख। भारत र चीनको सीमामा फेरि तनाब बढेको छ। लद्दाखमा चीनले आफ्ना सेना बस्ने ‘सेल्टर’ तयार गरेपछि दुई देशबीचको तनाव बढेको छ । लद्दाखका विभिन्न स्थानमा चीनको सेनाले ‘सेल्टर’ निर्माण गरेपछि दुई देशबीच केही समय मत्थर भएको तनाब पुनः बढेको हो।
चीनले केही समयअगाडि लद्दाखको तासिंओंग, मन्जा, हट स्प्रिङ, चुरूपलगायतका स्थानमा सेल्टर बनाउनुका साथै गतिविधि तीब्र पारेको थियो। सेल्टरबाहेक चीनले रसियामा बनेका एयर मिसाइल ब्याट्री र अन्य एन्टि–एयरक्राफ्ट प्रणाली जडान गरेको छ । भारतीय पक्षबाट हुनसक्ने हमलाको प्रतिरोध गर्न भन्दै चीनले यस्तो प्रणाली जडान गरेको हो।
चीनले सिमामा उत्तेजक गतिविधि गरेको भन्दै भारतले बेइजिङको आलोचना गरेको छ । सीमामा चीनको एकपक्षीय र उत्तेजक गतिविधिले लद्दाखको शान्ति र सद्भावमा गम्भिर असर गरेको भारतले आरोप लगाएको छ।
भारतीय विदेश मन्त्रालयका प्रवत्ता अरिन्दम बाग्चीले चीनले सीमा क्षेत्रमा ठूलो संख्यामा सेना र हतियार परिचालन गरेको भन्दै भारतले पनि त्यसको उपर्युक्त जवाफ दिने चेतावनी दिएका छन्।
पूर्वी लद्दाखमा दुई देशको सीमा छुट्टाउने लाईन अफ एक्चुल कन्ट्रोल (एलएसी) मा द्विपक्षीय सम्झौता र प्रोटोकलको चिनियाँ पक्षले चाँडो समाधान गर्ने भारतले विश्वास गरेको छ।
यसअघि नयाँ दिल्लीले गैरकानूनी ढंगले चिनियाँ भूमि अतिक्रमण गरेको र दुई देशको तनाबको मुख्य जड भारत भएको बेईजिङले आरोप लगाएको थियो । तर, चीनको आरोपमा कुनै सत्यता नभएको बाग्चीले दाबी गरेका छन्।
‘चीनले सीमामा ठूलो संख्यामा सेना परिचालन गरी उत्तेजक गतिविधि तीब्र पारेकोले यस क्षेत्रको शान्ति र स्थिरतामा गम्भिर असर गरेको छ,’ उनले भने । चीनले सीमामा खटिएका सेनाका लागि मोडुलर कन्टेनरमा बस्न सक्ने नयाँ सेल्टर निर्माण गरेको भारतीय गुप्तचर निकायका अधिकारीहरूको एउटा प्रतिवेदनमा उल्लेख छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment